logo-img

भारतीय दूतावास अगाडि विरोध प्रदर्शन [तस्बिरहरू]

राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौंको लैनचौंरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ । भारतको नयाँ संसद भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्सा राखिएको भन्दै विरोधमा सो संगठनले शुक्रबार विरोध प्रदर्शन गरेको हो ।

नेपाली भूमि समेटिएको नक्सा भारतको संसद भवनमा राखेपछि त्यसको विरोधमा उत्रिनु परेको संगठनका नेता सुदीप फुयालले जानकारी दिए । उनले भारतले आफ्नो नक्शाबाट नेपाली भूमि नहटाएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी समेत दिए ।

विरोध प्रदर्शनमा उत्रिएकाहरूले नेपालमाथि हेपाहा प्रवृत्ति देखाएको भन्दै भारतविरुद्ध चर्का नाराबाजी लगाएका थिए । उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग नेपाली भूमि फिर्ता लिने विषयमा कुरा समेत नगरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । विरोध प्रदर्शनमा ‘भारतीय विस्तारवाद–मर्दवाद’,  ‘भारतीय सेना–लिपुलेक छोड’, ‘गो ब्याक–इन्डिया’, ‘कालापानी–लिपुलेक–लिम्पियाधुरा–हाम्रो हो’ लेखिएका प्लेकार्डहरू पनि प्रदर्शन गरिएको थियो ।   

 





  • प्रकाशित मिति : जेठ १९, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया