logo-img

आउँदो चुनावमा एकीकृत समाजवादी पहिलो पार्टी बन्नेछ : मेटमणि चौधरी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले आउँदो चुनावमा एकीकृत समाजवादी मुलुकको पहिलो पार्टी बन्ने उद्धघोष गरेका छन् । एकीकृत समाजवादी दाङले शनिबार घोराहीमा आयोजना गरेको पार्टीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा चौधरीले उक्त धारणा राखेका हुन् । 

‘मुलुकका ठूला पार्टी र तिनका ठूला नेता भ्रष्टाचारमा तानिँदै गएका छन् । तिनका बदमासी अब जनताले बुझिसके । तर, एकीकृत समाजवादीको कुनै पनि नेतामाथि कसैले प्रश्नसमेत उठाउन सकेको छैन,’ उनले भने, ‘आज भ्रष्टाचारका विरुद्ध हाम्रा नेता कार्यकर्ताहरु सडकमा प्रदर्शन गरिरहेका छन् । यसकारण पनि आउँदो चुनावमा हाम्रो पार्टी पहिलो पार्टी बन्ने निश्चित छ ।’ 

पूर्वमन्त्रीसमेत रहेका चौधरीले पार्टीप्रति जनतामा आशा जागेको बताउँदै भने, ‘आज इमानदार नेता भएको पार्टी भनेको एकीकृत समाजवादी नै देखियो । मुलुकको सच्चा कम्युनिष्ट पार्टी पनि यही मात्र हो । ठूला पार्टीप्रतिको विकर्षण र हाम्रो पार्टी नीति, विचार र नैतिकताका कारण पनि हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी बन्दै छ ।’ 





  • प्रकाशित मिति : जेठ २०, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया