logo-img

संसद् बैठक एक घण्टाका लागि स्थगित

प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले  प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेपछि एक घण्टाको लागि स्थगित भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेको, प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा आफ्नो नेपाली भूमि भारतसँग साट्ने काम गरेको भन्दै एमाले, रास्वपा र राप्रपाले विरोध गरेपछि बैठक स्थगित गरिएको हो ।

सभामुख देवराज घिमिरेले समय दिएपछि एमाले प्रमुख सचेतक पदम गिरीले निष्क्रिय भइसकेको विधेयकलाई असंवैधानिक ढंगले प्रमाणीकरण गरेको भन्दै आपत्ति जनाए । त्यस्तै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पनि नागरिकता विधेयक प्रमाणीकरण विरोध गरे ।  आजै एक घण्टा पछि बस्नेगरी सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । 





  • प्रकाशित मिति : जेठ २१, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया