logo-img

एसियन कप छनोट खेल्ने नेपाली यू-२० टोलीको बिदाई

म्यानमारमा आयोजना एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेल खेल्न जाने नेपाली महिला टोलीलाई आइतबार बिदाई गरिएको छ ।  

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आइतबार एन्फाले एक कार्यक्रमको आयोजना गरेर म्यानमारमा छनोट खेल्न जान लागेको नेपाली महिला टोलीको बिदाई गरेको हो । 

टोलीलाई एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, प्रवक्ता सुरेश साहलगायतले बिदाई गरे । एन्फा अध्यक्ष नेम्वाङले म्यानमार भ्रमणलाई सार्थक बनाउन शुभकामना दिए ।  

छनोटअन्तर्गत नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ । नेपाल सम्मिलित समूहमा चीन, म्यानमार र चाइनिज ताइपेइ छन् । नेपालले ६ जुनमा आयोजक म्यानमारसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । यसैगरी  नेपालले ८ जुनमा चीन तथा  १० जुनमा चाइनिज ताइपेइसँग अन्तिम छनोट खेल खेल्ने तालिका छ । 

नेपालले  यसअघि प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्याण्डलाई समान ६–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।  



नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारीमा यामप्रसाद गुरुङ रहेका छन् । यस्तै, टोलीको कप्तानमा दीपा शाही कप्तान रहेकी छन् । 

गोलकिपर : कविता विक, लिला जोशी र सावित्री किसान । 



रक्षक : सविना चौधरी, तुलसा बोहरा, सुनिता भुल, सिम्रन राई, दिव्या यस्माली मगर, प्रतीक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङ ।

मिडफिल्डर : दीपा शाही (कप्तान), सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, हिमा रावत, सुष्मा जिटी, अञ्जली माचामासी, सारा बज्राचार्य ।

फरवार्ड : अमिशा कार्की, ममता पुन, गरिमा राई र सदिपा भोलन ।

  • प्रकाशित मिति : जेठ २१, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया