ए डिभिजन लिगकाे उपाधि चर्च ब्वाइजलाई

भर्खरै मात्र ‘बी’ डिभिजनबाट बाट ‘ए’ डिभिजनमा उक्लिएको चर्च ब्वाइज युनाइटेडले ‘ए’ डिभिजन लिगकाे उपाधि हात पारेकाे छ । अघिल्लो सिजन भएको ‘बी’ डिभिजन लिगमा १३ खेलबाट २९ अंक बटुल्दै चर्च ब्वाइज माथिल्लो डिभिजनमा उक्लिएको थियो । 

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइज र थ्री स्टार क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएसँगै चर्चले उपाधि जितेको हो।

उपाधिको लागि केवल १ अंकको आवश्यकता भएको चर्चले खेल बराबरी भएसँगै १ खेलअगावै उपाधि जितेको हो। चर्चले ‘ए’ डिभिजनमा बढ्वा भएपश्चात्‌को पहिलो लिगमा नै उपाधि जितेको हो।

चर्चले २५ खेलमा ४५ अंक जोडेर शीर्ष स्थानमा रहन सफल भयो। २४ खेलबाट मच्छिन्द्र ३९ अंकसहित दोस्रो स्थानमा छ। 

प्रशिक्षकका रूपमा बालगोपाल महर्जनको यो पहिलो ए डिभिजन लिगको उपाधि पनि हो। 
 





  • प्रकाशित मिति : जेठ २३, २०८० मंगलबार १८:२७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया