एपिएफ क्लबलाई पराजित गर्दै एफसी खुमलटार विजयी

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै विजयी भएको छ । 

सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको खेलमा खुमलटारले एपिएफ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । खुमलटारको जितमा मेसुके ओलुमोउले दुई गोल गरे भने स्टेफेन बिनोङले एक गोल थपे ।

यता, एपिएफका लागि सनिश श्रेष्ठले एक सानत्वना गोल फर्काए । खेलको १३औँ मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको पहिलो हाफको अतिरिक्त समयमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २–० को अग्रता दिलाए ।

त्यसैगरी खेलको ५५औँ मिनेटमा स्टेफेनले गोल गर्दै खुमलटारलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एपिएफका सनिशले एक गोल फर्काए पनि खुमलटार ३–१ ले विजयी भयो । 

जितसँगै खुमलटारले २५ खेलमा २७ अंक जोडेर अंक तालिकाको १३औँ स्थानमा उक्लिएको छ । समान २५ खेल नै खेलको एपिएफ ३० अंक जोडेर अंक तालिकाको नवौँ स्थानमा रहेको छ ।

त्यसैगरी सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले एक एक गोलको बराबरी खेल्दै एक–एक अंक बाँडेका छन् ।
    
खेलमा सुरुआती अग्रता भने आर्मीले लियो । खेलको दोस्रो मिनेटमा आर्मीका दिनेश हेन्जनले गोल गर्दै पहिलो अग्रता लिए । आर्मीको एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ३९औँ मिनेटमा पुलिसका अहमत हिजाजीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । 



त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र खेल एक एक गोलको बराबरीमा सम्पन्न भयो । यस बराबरी खेलसँगै आर्मीले २५ खेलमा ३१ अंक जोडेर अंक तालिकाको सातौँ स्थानमा रहेको छ भने समान खेल खेलको पुलिस ३८ अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । 



  • प्रकाशित मिति : जेठ २३, २०८० मंगलबार २०:२९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया