एनआरटीसँग मनाङ मर्स्याङ्दी पराजित

सहिद स्मारक ए डिभिजन लिगमा बुधबार न्युरोड टिम (एनआरटी)ले मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलको नतिजामा पराजित गरेको छ। 

च्यासल रंगशालामा भएको खेलको १७औं मिनेटमा गोल गर्दै दिपेशले एनआरटीलाई अग्रता दिलाएका थिए। दिपेश आले मगरको निर्णायक गोलमा एनआरटी विजयी भएकाे हाे । 

बाँकी समयमा दुवै टिमले गोल गर्न नसक्दा दिपेशको त्यो गोल नै निर्णायक बन्यो। जितसँगै २५ खेलमा ३२ अंक जोडेको एनआरटी लिग तालिकाको छैटौं स्थानमा पुगेको छ। पराजित मनाङ समान खेलबाट ३२ अंक नै जोडेर सातौं स्थानमा छ। 

आजै दशरथ रंगशालामा भएको अर्को खेलमा मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबलाई ३–१ गोलको नतिजामा पराजित गरेको छ।
 





  • प्रकाशित मिति : जेठ २४, २०८० बुधबार १७:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया