logo-img

योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई पार्टीमा उचित जिम्मेवारी दिन तयार छु : देउवा
फाइल फाेटाे

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन् । सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको समेत बताए ।

उनले भने, ‘अहिलेको बेला नेपाली कांग्रेस पार्टीलाई जिल्ला सम्मेलनमार्फत हरेक जिल्लामा हामीले पार्टीको संगठनलाई गाउँ गाउँमा, घरघरमा, वडा वडामा पुर्‍याएर यो पार्टीलाई मजबुत बनाउने काममा सबैलाई सफलता मिलोस् भन्ने कामना गर्दछु । यसो गरियो भने पार्टीको देश भरी नै संगठन बलियो भएर जानेछ ।’ 

 शनिबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि नेपाली कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने जिकिर गरे । 

‘हाम्रो पार्टी ऐतिहासिक पार्टी छ । २००७ सालदेखि लड्दै आएको पार्टी हो । यो पार्टी ग्रास रुट, गाउँसम्म, वडासम्म, टोलसम्म पुर्‍याएर यो पार्टी मात्रै प्रजातन्त्रलाई अझ बलियो बनाउने यो पार्टी जति बलियो हुन्छ, जति समक्ष हुन्छ । त्यति नै मात्रामा देशमा प्रजातन्त्र सुदृढ भएर जान्छ’, देउवाले भने, ‘त्यसपछि मात्रै नेपालमा फेरी प्रजातन्त्रमा संकट आउँदैन । प्रजातन्त्र स्थायी भएर जान्छ । त्यसका निम्ति महत्त्वपूर्ण जिल्लाबाट सुरु भएको यो आन्दोलन देशभरी नै यो संगठनलाई बलियो बनाउने, पार्टीलाई बलियो बनाउँदै प्रजातन्त्रलाई बलियो पर्छ । ’

सभापति देउवाले प्रजातन्त्रमाथि फेरी संकट आउन नदिने गरी  कांग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान सञ्चालन गर्न पनि सिंगो पार्टी पङ्क्तिलाई आह्वान गरे ।

‘अहिले गठबन्धनको सरकार छ । गठबन्धनको सरकार भएको कारणले पनि हो, त्यसले गर्दा खेरी आज हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी बनेको छ । यहाँ केही कुराहरू उठेका छन् साथीहरू । उठाउनु पनि पर्छ । कुरा  महत्त्वपूर्ण हुन । तर, पार्टीमा समानुपातिक प्रतिनिधित्व प्रतिनिधिसभामा हुनका लागि संविधानको संशोधन आवश्यक छ’, उनले भने, ‘ त्यसका लागि दुई तिहाइ बहुमत चाहिन्छ । त्यसका लागि सबै पार्टीहरूमा सहमति हुन जरुरी छ । यदि सहमति हुन सक्यो भने यी विचारहरू नहुने भन्ने होइन । तर, त्यसका लागि समय लाग्दछ । योग्य, जुझारु साथीहरूलाई हामीले अगाडि बढाउनु पर्छ । त्यसमा लाग्ने कुरा प्रतिबद्धता जनाउन चाहन्छु । हामी सबै एक भएर जाऊ । ’ 





  • प्रकाशित मिति : जेठ २७, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया