logo-img

पेटको फलोअप उपचारका लागि देउवा सिंगापुर जाँदै

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार सिंगापुर जाँदैछन् । उनी नियमित स्वास्थ्य परीक्षणका लागि आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् त्यता जान लागेका हुन् ।  

देउवाको सचिवालयका अनुसार पेटसम्बन्धी समस्या देखिएपछि उनले केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आएका छन् । देउवा त्यही समस्याको फलोअपका लागि सिंगापुर जान लागेका हुन् ।  

सचिवालयका अनुसार पत्नी आरजु राणासहित सिंगापुर जान लागेका देउवा करिब एक सातापछि स्वदेश फर्कने छन् । 





  • प्रकाशित मिति : जेठ ३०, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया