logo-img

नागरिकताको माग गर्दै माइतीघरमा आत्मदाहको प्रयास

नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा मंगलबार एक युवकले आत्मदाहको प्रयास गरेका छन् । 

जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागकिरता विधेयकमाथि सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको थियो । 

सोही क्रममा एक युवकले मंगलबार आफैँलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरीका निरजकुमार कामत रहेका छन् । 
उनी नागरिकताविहीन संघर्ष समितिका सदस्यसमेत हुन् ।

आत्मदाहको प्रयासपछि माइतीघर मण्डलामा सर्वोच्च अदालत र सरकारको विरोध भएको छ । उनीहरुले सर्वोच्च अदालतले आफूहरुलाई न्याय नदिएसम्म काठमाडौंमा आन्दोलन गरेर बस्ने चेतावनी दिएका छन् । 

आफूमाथि पेट्रोल खन्याएपछि प्रहरीले उनको उद्धार गरेर ट्रमा सेन्टर लगेको छ ।
 





  • प्रकाशित मिति : जेठ ३०, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया