logo-img

मोर्चा हुँदै बृहत् वाम एकता : मेटमणि चौधरी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले शुक्रबार समाजवादी मोर्चा घोषणा हुने र त्यो बृहत् वाम एकतासम्म पुग्ने दाबी गरेका छन् । 
उनले भने, ‘माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लबजीको पार्टीबीच मोर्चा बन्दै छ ।’

‘जलहरी काण्ड, भुटानी शरणार्थी प्रकरण, यति ओम्नीजस्ता अनेक काण्डका कारण मुलुकको छवि बिग्रन गएको छ । भ्रष्टाचारका कारण देश बर्बाद भएको छ,’ उनले भने, ‘तसर्थ सामाजिक रूपमा जागरण ल्याउने, सशक्त बनाउने, भ्रष्टाचारजस्ता जघन्य अपराधलाई समाप्त पार्ने उद्देश्यले मोर्चा बन्दै छ ।’ 

पार्टी निर्माण, विघटन नियमित चल्ने प्रक्रिया भएको बताउँदै पूर्वमन्त्रीसमेत रहेका चौधरीले मोर्चा जनतामाझ परीक्षण पनि हुने र जनताको सुझाबअनुसार वामपन्थी एकता हुँदै अगाडि बढ्ने बताए ।   





  • प्रकाशित मिति : जेठ ३२, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया