logo-img

फुटबल : फिलिपिन्ससँग नेपाल पराजित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल घरेलु टोली फिलिपिन्ससँग पराजित भएको छ । फिलिपिन्सको रिजल मेमोरियल स्टेडियममा आज भएको खेलमा नेपाल फिलिपिन्ससँग १–० गोलअन्तरले पराजित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेपालले गोल खाएको हो । फिलिपिनसका जार्भे गायोसोले खेलको ४९औँ मिनेटमा गरेको एक गोल नै निर्णायक गोल सावित भयो ।

भारतमा आयोजना हुने १४औँ संस्करणको साफ च्याम्पियनसिपको तयारीस्वरुप नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेको हो । साफ च्याम्पियनसिप आगामी असार ६ देखि १८ गतेसम्म हुनेछ । 

च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भूटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ । 

त्यस्तै समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।





  • प्रकाशित मिति : जेठ ३२, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया