logo-img

पत्रकारलाई सत्यतथ्य समाचार लेख्न महामन्त्री शर्माको आग्रह

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पत्रकारले कसैलाई पनि भेदभाव नगरी सत्यतथ्य समाचार लेखन तथा सम्प्रेषणमा ध्यान दिनुपर्ने बताएका छन् । 

नेपाल प्रेस युनियन ललितपुर शाखाको सातौँ जिल्ला अधिवेशन आज उद्घाटन गर्दै उनले प्रेस युनियनलाई मजबुत बनाई लोकतान्त्रिक विधि र पद्धतिबाट सञ्चालन गर्न निर्देशनसमेत दिए । 

अब आउने नयाँ कार्य समितिलाई अग्रिम शुभकामना दिँदै उनले लोकतान्त्रिक विधिबाट नै राष्ट्र र जनताको हितमा काम गर्न निर्देशन दिएका हुन् । 

अध्यक्षमा दाहाल निर्विरोध

नेपाल प्रेस युनियन ललितपुर शाखाका कार्यवाहक अध्यक्ष केदारनाथ दाहाल निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् । शाखाको उपाध्यक्षहरूमा रूपकृष्ण कर्माचार्य, गोमा पाण्डे र प्रनिशा लक्ष्मी अधिकारी निर्वाचित भएका छन् । 

त्यसैगरी सचिवमा काजीमान खड्का, सहसचिवमा विनिता डंगोल र कोषाध्यक्षमा  प्रकाश थिङ निर्वाचित भएका छन् । 



सदस्यहरुमा रञ्जित धमला, अनिशा विष्ट, शनिराज शाक्य, राजकुमार थिङ, अर्चना झा, अमरदीप श्रेष्ठ र सुनिता विश्वकर्मा रहेका छन् । शाखामा एक सय २० जना क्रियाशील सदस्य छन् ।



  • प्रकाशित मिति : असार २, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया