logo-img

बिपीले १५ वर्षे योजना बनाए तर काम गर्न पाएनन्, अहिलेका नेताले समय पाए तर योजना बनाउन सकेनन् : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्ला–अग्ला टावर र ठूला–ठूला एयरपोर्टले मात्रै देश समुन्नत नबन्ने बताएका छन् । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको सातौँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

देश समुन्नत छ कि छैन भनेर मापन गर्ने कुरा भनेको देशमा बाँचिरहेको श्रमिकले सास फेर्ने अवस्था छ कि भन्ने कुरालाई हेर्न आवश्यक रहेको उनले बताए । श्रमिकले जीवन यापन सहज रुपमा गर्न नसकेसम्म देश समुन्नत हुन नसक्ने उनले बताए । 

कांग्रेस संस्थापक नेता बिपी कोइरालाले श्रमिकको हकहितका लागि १५ वर्षे खाका बनाए पनि काम गर्ने समय नपाएको र अहिलेका नेताले समय पाए पनि काम गर्ने योजना बनाउन नसकेको उनको भनाइ छ । यो देशलाई बनाउन सक्ने योजना र कार्यक्रम कांग्रेसले बनाइरहेको नेता शर्माले दाबी गरे । 

महामन्त्री शर्माले देशमा केही पनि भएको छैन भनेर निराश हुन नपर्ने बताए । 
 





  • प्रकाशित मिति : असार ४, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया