logo-img

साफ च्याम्पियनसिप : नेपाल कुवेतसँग पराजित

भारतको बेंलुरुमा सुरु भएको साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ ।आमन्त्रित टिमको रूपमा साफ च्याम्पियनसिपमा पहिलो पटक सहभागी कुवेतसँग नेपाल ३-१ ले पराजित भएको  हो ।

कुवेतका लागि मोहम्मद अब्दुल्लाहले एक गोल र एक असिस्ट गरे । खालिद हाजिएह र शबईब अलखल्दीले पनि एक/एक गोल गरे । 

कुवेतले पहिलो हाफमा नै दुई गोल गरिसकेको थियो । खेलको २३ औँ मिनेटमा कप्तान खालिद हाजिएहले हेड मार्फत गोल गर्दै कुवेतलाई अग्रता दिलाए । कुवेतले ४१ औँ मिनेटमा दोस्रो गोल गर्‍यो । मोहम्मद अब्दुल्लाहको पासमा शबईब अलखल्दीले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाएका हुन् ।

खेलको ६५ औँ मिनेटमा कुवेतले तेस्रो गोल गर्‍यो । पेनाल्टीमा मोहम्मद अब्दुल्लाहले गोल गर्दै कुवेतलाई ३-० को अग्रता दिलाए ।

दोस्रो हाफमा कुवेतको क्षेत्रमा लगातार बल लगेको नेपाल ६७ औँ मिनेटमा गोल फर्काउन सफल भयो । खेलमा नेपालका लागि अन्जन विष्टले मात्रै एक गोल फर्काएका हुन् । 





  • प्रकाशित मिति : असार ६, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया