logo-img

विधेयक कार्यान्वयन हुने भएपछि नागरिकताविहीनले मनाए खुसियाली

नागरिकता विधेयक कार्यान्वयन हुने भएपछि नागरिकताविहीनहरुले बिहीबार माइतीघरमा खुसियाली मनाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको विधेयक कार्यान्वयनका लागि सर्वोच्चले बाटो खुला गरिदिएपछि नागरिकता पीडित संघर्ष समितिले खुसियाली मनाएको हो ।

राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले २२ जेठमा विधेयक कार्यान्वयनका लागि अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि जन्मसिद्ध नागरिकका सन्तानले माइतीघर केन्द्रित आन्दोलन गर्दै आएका थिए ।

साे विधेयकमा जन्मका आधारमा नागरिकता लिएका नेपालीको सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ । बिहीबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाउने यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएकाे हाे । 
 





  • प्रकाशित मिति : असार ७, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया