logo-img

नेपाल र भारतबीचको खेलको पहिलो हाफमा गोलरहित बराबरी

साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । 

शनिबार साँझ बेंगलुरुस्थित कान्तिरवा रंगशालामा भएको खेलको पहिलो हाफमा नेपालले गोलका लागि केही अवसर बनाए पनि गोल गर्न सकेन ।

नेपालले अघिल्लो खेलमा तीन परिवर्तन गर्दै विमल घर्ती मगर, आयुष घलान र देवेन्द्र तामाङलाई पहिलो रोजाइमा खेलाएको थियो । मिडफिल्डबाट केही बल निस्किए पनि नेपालको फिनसिङ चुस्त हुन सकेन ।

विमल र मनीष  डाँगीले गोल गर्ने अवसर गुमाउँदा एरिक विष्टको प्रहार भारतीय गोलकिपर गुरिप्रित सिंह सान्धुले बताएका थिए । 

भारतीय कप्तान सुनिल क्षेत्रीलाई भने नेपाली डिफेण्डरले खुलेर खेल्न दिएनन् । क्षेत्रीले पहिलो खेलमा पाकिस्तान विरुद्ध ह्याट्रिक गरेका थिए ।





  • प्रकाशित मिति : असार ९, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया