मधेसको गृह मन्त्रालयमा तालाबन्दी

जनयुद्धका शहीद परिवारले मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा तालाबन्दी गरेका छन् । मधेस शहीद प्रतिष्ठानले दिने घोषणा गरेको ३ लाख रुपैयाँ नदिएको भन्दै उनीहरूले मन्त्रालयमा तालाबन्दी गरेका हुन् ।

विभिन्न जिल्लाबाट आएका जनयुद्धका शहीद परिवारले मन्त्रालयमा तालाबन्दी गर्नुअघि मुख्यमन्त्री सरोजकुमार यादवलाई भेट्ने प्रयास गरे पनि भेट भने हुन नसकेको हो । मधेस सरकारले गत वर्ष नै जनयुद्धमा शहीद भएका परिवारलाई किस्ताबन्दीमा ३ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो ।

प्रतिष्ठानले तीन वर्षसम्म एक/एक लाख रुपैयाँ उपलब्ध गराउने कार्यक्रम अन्तर्गत यस पटक शहीद परिवारले पैसा पाएका छैनन् । सरकारले गत फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको शहीदको नाम र ठेगानाको आधारमा रकम दिने भनेको छ । तर, शहीद परिवारले गत वर्ष जस्तै प्रमाण पत्रको आधार पाउनु पर्ने माग गरेका छन् ।

शहीद घोषणामा कतिपयको नाम र ठेगाना गलत भएकाले प्रतिष्ठानले सच्याएर मात्र दिने र सो काम सरकारको भएको शहीद परिवारका सदस्य राजु महतोको भनाइ छ । असार मसान्तभित्र राहत रकम नपाए छुट्याइएको बजेट फ्रिज हुने र नपाउने चिन्ता शहीद परिवारलाई छ ।





  • प्रकाशित मिति : असार १७, २०८० आइतबार १५:३७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया