महोत्तरीमा गोली प्रहारबाट एकजना गम्भीर घाइते

महोत्तरीमा गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् ।

जिल्लाको रामगोपालपुर नगरपालिका वडा नम्बर–१ बसबिट्टि बजार बस्ने ३८ वर्षीय कौशल मण्डलले सोही ठाउँ बस्ने ४४ वर्षीय श्रवण यादवमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

मण्डलले यादवमाथि दुई राउण्ड गोली प्रहार गरेको इलाका प्रहरी कर्यालय रामगोपालपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक सुमन सिंहले जानकारी दिए ।

गोली लागेका मण्डललाई उपचारका लागि जानकी एकेडमी हस्पिटल पर्सादेवाडमा लगिए पनि त्यहाँ उपचार सम्भाव हुन नसक्दा थप उपचारका लागि जनकपुरधामस्थित जानकी हेल्थ केयरमा ल्याइएको छ ।

यादवमाथि गोली प्रहार गर्ने मण्डललाई पेस्तोल र ३ थान गोलीसहित प्रहरीले पक्राउ गरेको छ । उनलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाइएको छ ।





  • प्रकाशित मिति : असार १९, २०८० मंगलबार २२:३३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया