logo-img

संसद अवरोध गर्नु गैरजिम्मेवारीपूर्ण : ऊर्जामन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले प्रतिपक्ष दलले प्रधानमन्त्रीको अभिव्यक्तिको आशय नसोधी राजीनामा माग्नु संसदीय प्रक्रियाविपरीत भएको बताएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले प्रधानमन्त्रीले बोलेको कुराको आशय सोध्ने अधिकार संसदलाई हुने बताए । 

प्रधामन्त्रीको बोलीको आशयका बारेमा सोध्ने अधिकार हुँदाहुँदै संसद चल्न नदिनु संसदीय प्रक्रियाविपरीत भएको उनको भनाइ छ । संसद चल्न नदिनु जिम्मेवारीपूर्ण कुरा नभएको उनले बताए । 

प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहको सदीक्षाको सम्बन्धमा मात्रै कुरा गरेको भन्दै मन्त्री बस्नेतले व्यक्तिको सदीक्षालाई राजनीतिक विषय बनाउन जरुरी नरहेको बताए । 
 





  • प्रकाशित मिति : असार २०, २०८० बुधबार १९:२६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया