logo-img

एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गर्नु स्वाभाविक : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो विवादास्पद अभिव्यक्तिको आलोचना गरेका छन् ।

हलुका अभिव्यक्तिको गम्भीर अर्थ र असर हुन सक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्री दाहालको गल्ती भएको महामन्त्री शर्माको टिप्पणी छ ।  

‘नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्दछ र गर्ने हो । मित्र राष्ट्रहरूलाई मित्रताकै सीमामा राख्ने कर्तव्य मूलत प्रधानमन्त्रीकै हो,’ उनले ट्विट गरेका छन् ।  

विश्वप्रकाशले प्रतिपक्षी नेकपा एमाले र प्रतिपक्षी अन्य दलहरूले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको आलोचना गर्नु स्वाभाविक भएको पनि उल्लेख गरेका छन् । 

‘प्रश्न हामी नै उठाइरहेका छौँ, प्रतिपक्षको त मुल कर्तव्य नै हो । आलोच्य अभिव्यक्तिको आलोचना जरुरी छ,’ उनले भनेका छन् ।  

प्रधानमन्त्री दाहालले मंगलबार एक कार्यक्रममा ‘आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह दिल्ली पुगेको’ अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलहरूले बुधबार प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरुद्ध गर्दै प्रधानमन्त्रीको राजीनामा मागेका थिए । 
 





  • प्रकाशित मिति : असार २१, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया