logo-img

मदन स्मृति ब्याडमिन्टन प्रतियोगितामा थापा र राई प्रथम

जननेता मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आयोजित ‘मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता-२०८०’ सम्पन्न भएको छ । प्रतियोगितामा लीलबहादुर थापा र राजेन्द्र कुमार राई प्रथम भएका छन् । 

त्यस्तै दिलमान पाख्रिन र यज्ञराज सुनुवार दोस्रो भएका छन् भने कमल थापा, गणेश थापा, भानुभक्त ढकाल र नवराज सिलवाल तेस्रो भएका छन् । 

यही असार १९ गते, नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतको अध्यक्षतामा, नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको उक्त प्रतियोगिता बुधबार राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले समापन गरेका हुन् । 

 





 

  • प्रकाशित मिति : असार २१, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया