logo-img

सिजनमै किसानलाई मल दिन नसके सरकारले न्याय दिएको ठहरिँदैन : सांसद कार्की

नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले समयमा नै किसानहरूलाई रासायनिक मल उपलब्ध गराउन नसके समितिको छलफलको सार्थकता नरहेको बताएका छन् । बिहिबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।   

उनले अहिलेको सिजनमा समयमा नै मल दिन नसके किसानप्रति सरकारले न्याय गरेको नठहरिने बताए । सरकारले बजेट वा अन्य कुनै पनि बहानामा मल कृषकलाई दिन नसक्नु समग्र कृषि प्रणालीकै लागि राम्रो नहुने बताए । उनले मल वितरण प्रणालीमा कुनै अनियमितता भएको भए अनियमितता गर्नेहरूलाई कारबाही गर्न आग्रह गरे ।

उनले भने, ‘हामीले समयमा न्याय दिन सकेनौँ भने त्यो न्याय दिएको अर्थ छैन । अहिले मलको छलफल चलिरहेको छ, हामीले छलफलमा मात्रै समय दिएर कृषकलाई अहिलेको सिजनमा मल दिन नसके यो छलफलको कुनै सार्थकता हुँदैन । बजेटको वा कुनै बहानामा मल कृषकलाई दिन नसक्नु राम्रो हुँदैन । त्यसमा कुनै अनियमितता भएको छ भने कारबाही हुनुपर्छ । मललाई यो वा त्यो बहानामा आपूर्तिबाट रोक्ने काम गर्नु हुँदैन ।’

सांसद कार्कीले नेपाल अनुदानको संस्कृतिमा रमाउने कुरामा बढी केन्द्रित हुँदै गएको र देशका उर्वर जमिनलाई सुख्खा जमिनमा परिणत गर्ने संस्कृति मौलाउँदै गएको भन्दै चिन्ता व्यक्त गरे । 





  • प्रकाशित मिति : असार २१, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया