logo-img

प्रधानमन्त्रीलाई अध्यक्ष तिमिल्सिनाको आह्वान : संवाद गरी संसद् सुचारु गर्न निकास निकाल्नुहोस्

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सुचारु गर्न सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरूको बैठक राखी आपसी संवादको माध्यमबाट उपयुक्त निकास निकाल्न आह्वान गरेका छन् ।   

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर सदनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राजीनामा माग गर्दै संसद् अवरुद्ध गरेपछि अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री दाहाललाई संसद् सुचारु गर्न सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताको बैठक राखी आपसी संवादको माध्यमबाट उपयुक्त निकास निकाल्न आह्वान गरेका हुन् । उनले आज छलफलका लागि निर्धारण गरिएका विनियोजन विधेयक शीर्षकमाथि २५ असारको बैठकमा छलफल हुने बताए । 

त्यस्तै सम्बन्धित मन्त्रीबाट जवाफ दिनका लागि पूर्वनिर्धारित कार्यतालिकामा पुनः परिमार्जन गरी यही २६ असारमा निर्धारण गरेको पनि बताए ।  

‘चार दिनदेखि संसद् अवरुद्ध हुँदै आएको छ । संसद सुचारु गर्न सम्माननीय प्रधानमन्त्रीले सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरूको बैठक राखी आपसी संवादको माध्यमबाट उपयुक्त निकास निकाल्न म आह्वान गर्दछु । आज छलफलका लागि निर्धारण गरिएका विनियोजन विधेयक शीर्षकहरूमाथि असार २५ गतेको बैठकमा छलफल हुने ब्यहोरा जानकारी गराउँछु । साथै सम्बन्धित मन्त्रीहरूबाट जवाफ दिनका लागि पूर्वनिर्धारित कार्यतालिकामा पुनः परिमार्जन गरी यही असार २६ गतेको दिन निर्धारण गरेको छु,’ अध्यक्ष तिमिल्सिनाले भने । 

राष्ट्रिय सभाको अर्को बैठक भोलि (सोमबार) ११ बजेर १ मिनेटमा बस्नेछ । 





  • प्रकाशित मिति : असार २४, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया