logo-img

देउवाको पार्टीगत कामकारबाहीप्रति शशांकको असन्तुष्टि

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको पार्टीगत कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

सांसदसमेत रहेका कोइरालाले सोमबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै देउवाको कामकारबाही चित्तबुझ्दो नरहेको बताएका हुन् । यद्यपि, अधिवेशनबाट नै सभापति बनेर आाएकाले कार्यकाल पूरा नहुन्जेलसम्म कुर्नुको विकल्प नरहेको उनले बताए । 

पार्टी सभापतिले पार्टीका कामकारबाही चित्त बुझ्दो नभएको भन्दै टिप्पणी आइरहेको र केही हदसम्म टिप्पणी सही भएको उनको भनाइ छ । ‘उहाँले आफ्नो कार्य काम धेरै राम्रो गर्नुभएन भनेर जुन टीकाटिप्पणी आइरहेका छन्, गगन थापालगायतका व्यक्तिले बोल्नुभएको छ, त्यो केही हदसम्म सत्य हो ।’

फरक प्रसंगमा नेता कोइरालाले प्रधानमन्त्रीसँग बहुमत भएकाले अपदस्थ नहुने बताए ।
 





  • प्रकाशित मिति : असार २५, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया