logo-img

बराबरीमा रोकिए नेपाल र बंगलादेश

बंगलादेशविरुद्ध पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल बराबरीमा रोकिएको छ । ढाकाको कमलपुरस्थित वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा बिहीबार साँझ भएको खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बंगलादेशले ६५औँ मिनेटमा सुरुवाती गोल गरेको थियो । बंगलादेशका लागि सविना खातुनले गोल गरिन् । 

त्यसपछि जोसिएको नेपालले दोस्रो हाफको इन्जुरी समयमा बराबरी गोल फर्कायो । नेपालका लागि सावित्रा भण्डारीले बराबरी गोल गरिन् । राष्ट्रिय टोलीबाट सावित्राको यो ४४औं गोल हो । उनी नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

नेपालले चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

नेपालले यसअघि बंगलादेशसँग गत वर्ष काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो । त्यतिवेला नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।





  • प्रकाशित मिति : असार २८, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया