logo-img

नयाँ पार्टीप्रति विश्वप्रकाशको कटाक्ष : खहरेबाट बिजुली निकाल्न सकिँदैन

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ पार्टीहरुप्रति कटाक्ष गरेका छन् । 

पुराना पार्टीका दिनहरु गए भन्दै उनले आएका नयाँ पार्टीहरुले धर्ती, देश, धर्मशास्त्र, संस्कृति सबै पुराना हुन् भनेर बिर्सन नहुने बताए । पुरानो नाता सम्बन्धलाई तोडिराखेर नयाँको नाममा खहरेबाट बिजुली निकाल्न नसकिने उनले बताए । 

निरन्तर बगिरहेका नदीहरुबाट नै देशले विद्युत् उत्पादन गर्नसक्छ भन्नेकुरा नबिर्सिन नयाँ राजनीतिक दलहरुसँग उनले आग्रह गरे । 

महामन्त्री शर्माले कांग्रेस अझै बलियो, परिपक्व, संयमित र एकताबद्ध बन्नुपर्ने बेला आएको बताए । साउन २ गते बस्ने बैठकले नीति अधिवेशनको मिति घोषणा गर्ने र राष्ट्रव्यापी रुपमा अभियान घोषणा गरी पुरानो दललाई तरोताजगी बनाएर नवीन बनाउने क्रम सुरु हुने उनले बताए । 

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरब्याजविरुद्धको विधेयकमाथि चुनौती आउन लागेको बताएका थिए । महामन्त्री शर्माले मन्त्रीहरुबाट यस्तो जवाफ सुन्न नचाहेको बताए । सबैखालका चुनौतीलाई चिरेर मिटरब्याजको विधेयक संसदमा ल्याउनुपर्ने उनको भनाइ थियो । 
 





  • प्रकाशित मिति : असार ३०, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया