logo-img

आर्थिक विकास, सुशासनका पक्षमा सरकारले काम गरिरहेको छ : मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार आर्थिक विकास, सुशासनका पक्षमा काम गरिरहेको बताएका छन् । आइतबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

सरकारले सुशासन कायम गर्ने कुरामा, आर्थिक विकासको गतिलाई अझ तीव्र बनाउने कुरामा काम गरिरहेको उनले बताए । सामाजिक न्यायलाई स्थापित गर्ने उद्देश्य र आफ्नो प्राथमिकतामा आधारित भएर सरकारले काम अघि बढाइरहेको उनले दाबी गरे । 

मन्त्री बस्नेतले अनियमितताका प्रकरणहरु निष्पक्ष ढंगले छानबिन गरी टुंगोमा पुग्ने बताए । 
 





  • प्रकाशित मिति : असार ३१, २०८० आइतबार १९:१३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया