logo-img

बजार अनुगमनलाई तीव्रता दिँदै कामपा

काठमाडौं महानगरपालिकाले बजारलाई थप व्यवस्थापन गर्नका लागि नियमित रूपमा अनुगमन गर्ने भएको छ । आफ्नो क्षेत्राधिकारभित्रको अनुगमन र मूल्यांकनको पद्धतिमा वार्षिक कार्ययोजना तयार गरी अनुगमन कार्यलाई नियमित गर्ने कामपाका उपप्रमुख सुनिता डंगाेलले जानकारी दिइन् ।  

सेवा प्रवाह, विकास निर्माण र जनजीविकासँग सम्बन्धित कामको प्रभावकारी कार्यान्वयन र नतिजा मापनका लागि अनुगमन कार्यलाई नियमित गर्नेमा उपप्रमुख डंगाेलले जोड दिइन् । उनले भनिन्,'त्यसका लागि मातहतका सम्बन्धित सबै विभागीय प्रमुखलाई जिम्मेवार बनाई सोहीअनुसार काम अघि बढाइन्छ ।  

कामपाले अनुगमन मूल्यांकन प्रणालीमार्फत नीति, योजना, कार्यक्रम र आयोजनाको निगरानीका लागि क्षमता बढाउनुपर्ने पनि उनले बताइन् । अनुगमन गर्न जाने अधिकारीसँग विषयसम्बन्धी कानुनी तथा प्रशासनिक ज्ञान र कार्य सञ्चालन/सम्पादनको प्रक्रियाका विषयमा थाहा हुनुपर्छ । त्यसबारे नतिजा थाहा हुनुपर्छ । यति भए मात्र प्रभावकारी अनुगमन हुन सक्छ । 

स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा उपभोक्ता अधिकार तथा बजार व्यवस्था अनुगमन समितिको व्यवस्था गरिएको छ । कार्यपालिकाअन्तर्गतका विषयगत समितिले गरेका काम, स्वीकृत वार्षिक कार्यक्रमको अनुगमन उपप्रमुखको संयोजकत्वमा रहेको समितिले गर्छ । 

उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले पेस गरेर नगरसभाबाट पारित भएका कार्यक्रमको अनुगमन उपप्रमुखकै संयोजकत्वमा रहेको अनुगमन तथा सुपरीवेक्षण समितिले गर्छ । सुपरीवेक्षण समितिका कामको समन्वय एकाइले गर्छ । यस समिति मातहतमा जनजीविका र सार्वजनिक सरोकारका क्षेत्रको अनुगमन गर्न पाँचवटा अनुगमन टोली गठन गरिएका छन् ।

कामपाले आगामी आवका लागि व्यक्तिगत तथा संस्थागत भान्छाका लागि स्वस्थकर बनाइ आरोग्यता कायम गर्न स्वच्छ भान्छा कार्यक्रमका लागि तीन करोड ५० लाख रकम विनियोजन गरेको छ । केही दिनअघि पनि कामपाले गरेको अनुगमनका क्रममा अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको एक पसललाई एक लाख ५० हजार जरिवाना तिराएको थियो । 
  
कामपा–२ स्थित लाजिम्पाटमा रहेको आकाश फुड्सले सडेगलेका ढुसी परेको मीठाइ तथा किरा परेको अन्य खाद्य सामग्री बिक्री वितरण गरेको पाएपछि साे पसललाई एक लाख ५० हजार जरिवाना गरिएको थियो ।





  • प्रकाशित मिति : असार ३१, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया