logo-img

नेपालद्वारा बंगलादेश पराजित

बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली बंगलादेशलाई पराजित गरेको छ । 

बंगलादशेको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बंगलादेशलाई टाइब्रकेरमा ४–२ गोलअन्तरले पराजित गरेको हो । 

खेलको निर्धारित समयसम्म गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट पुगेको हो । टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दीपा शाही र अनिता केसीको प्रहारले पोष्टको जाली चुम्यो । अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरियो । 

बंगलादेशकी साम्सुनार र मोनिका चक्माको प्रहारले पोष्टको जाली चुम्दा मारिया मण्डा, सेइली अजिमको प्रहार नेपालकी गोलरक्षक अञ्जना रानामगरले बचाइन् । नेपालले चीनको होङझाउमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताको तयारी स्वरूप पनि उक्त मैत्रीपूर्ण खेल खेलको हो । 

यसअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले एक–एक गोलको बराबरी खेलेका थिए ।





  • प्रकाशित मिति : असार ३१, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया