logo-img

आगामी तीन दिन भारी वर्षा नहुने, कस्तो रहला आजको मौसम ?

बुधबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, सुदूरपश्चिम गण्डकी र लुम्बिनीका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।   

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थान र बाँकी भू–भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।  

कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



हाल देशमा मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । 

मौसमविद् रोजन लामिछानेका अनुसार हाल मनसुनको न्युनचापीय रेखा सरदर स्थानभन्दा तल रहेको छ । जसकारण तीन दिन भारी वर्षाको सम्भावना कम रहेको उनले बताए । 



 ‘मनसुनको न्यूनचापीय रेखा दक्षिणतिर सरेको छ । त्यसको असरस्वरूप पानी कम पर्ने देखिन्छ,’ लामिछानेले भने ।

हावाहुरी, भारी वर्षा, मेघगर्जन, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।  

  • प्रकाशित मिति : साउन ३, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया