logo-img

आजको मौसम : पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार राति कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भाग एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

अहिले सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको महाशाखाले जनाएको छ ।  

महाशाखाका अनुसार मनसुनी रेखा सरदर स्थानभन्दा तल पुगेपछि केही दिन भारी वर्षाको सम्भावना छैन ।  

हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेकाले यसबाट हुनसक्ने क्षति र त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।





  • प्रकाशित मिति : साउन ४, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया