logo-img

महिला विश्वकप फुटबल आजदेखि, पहिलो दिन दुई खेल

फिफा महिला विश्वकप फुटबलको नवौँ संकरण आजबाट अस्ट्रेलिया र न्यूजिल्याण्डमा सुरु हुँदैछ ।  

प्रतियोगिताको उद्‍घाटन न्यूजिल्याण्डमा हुनेछ । उद्‍घाटन खेलमा समूह ‘ए’ को आयोजक न्यूजिल्याण्ड र नर्वे प्रतिस्पर्धा गर्नेछन् ।  

यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । खेल न्युजिल्याण्डको इडेन पार्कमा हुनेछ । 



पहिलो दिन नै समूह ‘बी’ मा रहेको अर्को आयोजक अस्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्ड भिड्ने छन् । 

स्टेडियम अस्ट्रेलियामा हुने यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । ३२ टोली सहभागी प्रतियोगिता आगामी २० अगस्टसम्म सञ्चालन हुनेछ । 





  • प्रकाशित मिति : साउन ४, २०८० बिहीबार ७:१९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया