logo-img

कांग्रेसले राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्छ : शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने बताएका छन् ।  

आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले क्रियाशील सदस्य बढाएर मात्रै पार्टी संगठित नहुने धारणा राखे । कोइरालाले कांग्रेसको नीति ठीक हो भनेर मनैदेखि नलागेसम्म क्रियाशील सदस्य बढाउनु नहुने बताए । उनले राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने बताए । 

कोइरालाले केन्द्रका नेताहरूले टिकट वितरण नगरेर स्थानीय समितिलाई जिम्मेवारी दिनुपर्ने पनि बताए ।   

‘हामीले कस्तो किसिमको क्रियाशील दिँदैछौँ ? केन्द्रबाट दिँदैछौँ, हामीले वडा, टोलबाट दिइरहेका छौ कि ? क्रियाशील सदस्य बढाएर मात्रै पार्टी संगठित हुँदैन । जबसम्म भित्रबाट लाग्दैन कि काँग्रेसको नीति ठीक हो भनेर । तसर्थ बढाउनतर्फ नलागौँ । राम्रो मान्छे चुनेर मात्रै गरौँ,’ उनले भने, ‘नेपाली कांग्रेसको केन्द्रीय समितिले पनि अब विकेन्द्रीकरण गर्नुपर्‍यो । सबैभन्दा महत्वपूर्ण जिल्ला सभापतिहरू भन्दापनि वडा अध्यक्षहरू हुन् । हामी केन्द्रमा बसेर भन्छौँ फलानोलाई टिकट दिनुपर्‍यो भनेर । वस्तुस्थिति हामीलाई थाहा हुँदैन । त्यहाँको को व्यक्ति उपयुक्त हो ? कसले समाजमा प्रतिष्ठा बोकेको छ ? कसले एउटा दिशा दिनसक्छ ? केन्द्रमा बसेर निर्णय गर्ने यो ठीक भएन ।’

कोइरालाले पार्टीले आगामी २० वर्षका लागि आफ्नो बाटो तय गर्नुपर्ने बताए । पार्टीले आफ्नो लक्ष्य स्पष्ट पार्नुपर्ने भन्दै उनले सत्तामा जाने मात्र होइन रुपान्तरण गर्नुपर्नेमा जोड दिए । कोइरालाले पार्टीभित्रको गुट, उपगुटको पनि अन्त्य गर्नुपर्ने बताए ।





  • प्रकाशित मिति : साउन ७, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया