logo-img

विश्वकप फुटबलमा अर्जेन्टिना र इटाली भिड्दै

फिफा महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन् । आज हुने पहिलो खेलमा इटाली र अर्जेन्टिना प्रतिस्पर्धा गर्नेछन् ।  

यी दुई टिमबीचको खेल बिहान ११ बजेर ४५ मा न्यूजिल्यान्डको इडेन पार्कमा हुनेछ । समूह ‘जी’ मा रहेका यी दुई टोलीबीच समूह चरणमा पहिलो खेल खेल्न लागेका हुन् ।  

आजै हुने अर्को खेलमा जर्मनीले मोरक्कोको सामना गर्नेछ । यी दुई टोलीबीचको खेल अस्ट्रेलियाको मेलबर्नमा दिउँसो सवा २ बजे हुनेछ । उपाधि दाबेदार जर्मनीले पहिलो खेल खेल्न लागेको हो ।  



सोमबार हुने अन्तिम खेलमा ब्राजिल र पानमा भिड्ने छन् । अस्ट्रेलियामै हुने यी दुई टोलीबीचको खेल दिउँसो ४ बजेर ४५ मिनेटमा सुरु हुनेछ । 
 
 





  • प्रकाशित मिति : साउन ८, २०८० साेमबार ८:५६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया