logo-img

विश्वकप फुटबलमा इटालीसँग अर्जेन्टिना पराजित

महिला विश्वकपमा अर्जेन्टिनाविरुद्ध इटाली १–० ले विजयी भएको छ । सोमबार समूह ‘जी’ अन्तर्गत भएको खेलमा इटालीको जितमा क्रिस्टियाना गिरेलीले निर्णायक गोल गरिन् । 

उनले खेलको ८७ औं मिनेटमा गोल गरेकी थिइन् । इडेन पार्कमा वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेकी गिरेलीले इटालीका लागि विजयी गोल गर्न सफल भइन् ।   
समूह ‘जी’ को खेलमा इटाली र स्विडेनले समूह चरणको पहिलो खेलमा जित दर्ता गरेका छन् । 

दुवैले समान तीन/तीन अंक जोडेका छन् । दक्षिण अफ्रिका र अर्जेन्टिना भने अंकविहीन छन् ।  
 







  • प्रकाशित मिति : साउन ८, २०८० साेमबार १४:२६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया