logo-img

शशांक कोइरालाको आह्वान- कांग्रेसको विकल्प अरू हुन सक्दैन, एक भएर अघि बढौँ

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेसको विकल्प अरू हुन नसक्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले कांग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने भन्दै अहिलेको आवश्यकता एकतावद्ध हुनु रहेको बताएका हुन् ।   

‘नेपाली कांग्रेसको विकल्प अरू छैनन् नेपाली कांग्रेस नै हो । भविष्य नेपाली कांग्रेससँग छ । हामी एक भयौँ भने नेपाली काँग्रेसलाई कसैले हराउन सक्दैन । त्यसैले एक भएर जाऔँ,’ कोइरालाले भने ।  
 
उनले आफूले आयोजना गरेको चियापान समारोह कांग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको पनि बताए । कोइरालाले कांग्रेस एक हुनसके कसैले हराउन नसक्ने बताए । 

‘पार्टी एक भएको छ, यो पार्टी एक भएको खण्डमा नेपाली काँग्रेसले धेरै ठूलो परिवर्तन ल्याउन सक्छ । हामी एकतावद्ध भएर हिँड्नुपर्छ भनेर हामी भेला भएको हो,’ कोइरालाले भने, ‘पाँच दिन छलफल भयो, एक किसिमले रिल्याक्स गर्न पनि हो । भाइचाराको सम्बन्ध स्थापित गर्न चियापान आयोजना गरेको हो । आउँदो दिनमा कता जाने हो ? त्यो तय गर्नुपर्छ ।’ 






  • प्रकाशित मिति : साउन ९, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया