logo-img

पहिलोपटक विश्वकप खेलिरहेको फिलिपिन्सले न्यूजिल्याण्डलाई हरायो

फिलिपिन्सले फिफा महिला विश्वकपमा सह–आयोजक न्यूजिल्याण्डलाई १–० ले हराएको छ । 

समूह ‘ए’ अन्तर्गत वेलिङ्टनमा भएको खेलमा पहिलोपटक विश्वकप खेलिरहेको फिलिपिन्सलाई जित दिलाउनेक्रममा सरिना बोल्डेनले गोल गरिन् । उनले औँ २४ मिनेटमा गोल गरेकी थिइन् ।  



सरिना विश्वकपमा फिलिपिन्सका लागि पहिलो गोल गर्ने खेलाडी बनिन् । फिलिपिन्ससँगको हारपछि न्यूजिल्याण्डले नकआउट चरणमा पुग्न स्विट्जरल्याण्डविरुद्धको खेल कुर्नुपर्ने भएको छ ।  

यसअघि समूहको पहिलो खेलमा न्यूजिल्याण्डले नर्वेलाई हराएको थियो । फिलिपिन्स पहिलो खेलमा स्विट्जरल्याण्डसँग पराजित भएको थियो ।





  • प्रकाशित मिति : साउन ९, २०८० मंगलबार १३:५२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया