logo-img

आजपाको माग- गौर हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याउनुपर्‍यो

आम जनता पार्टी (आजपा) ले गौर हत्याकाण्डका दोषीलाई जोगाउन सत्तारुढ राजनीतिक दलहरू नै एकजुट भएको आरोप लगाएका छन् । मंगलबार आजपाका अध्यक्ष प्रभु साहको नाम जोडेर रौतहटका सत्तारुढ दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत र लोसपाले संयुक्त रुपमा प्रदर्शन गरेका थिए ।  

पर्दशनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आजपाले आपत्ति जनाएको हो । ‘आम जनताको कुनै हक अधिकार वा पीडितहरूलाई न्याय दिलाउन एकजुट हुनुको सट्टा आज एकाएक विगत १७ वर्षदेखि अनवरत न्यायको पर्खाइमा रहेका वीभत्स गौर हत्याकाण्डका पीडितहरूले न्याय पाउने सम्भावना बढेसँगै हत्याकाण्डका अपराधी र तीनका संरक्षकहरू आतंकित भई हताश मनोविज्ञानका साथ यसरी संगठित हुनुले पनि काफी कुराको संकेत गरिरहेको स्थित छ,’ आजपाले विज्ञप्तिमा भनेको छ । 

सर्वोच्च अदालतसहित देशका तिनै तहको न्यायालयबाट न्याय निरुपण हुँदा कहीँ कतै प्रभु साहको नाम निशानसमेत नआएको विषयमा पूर्वाग्रही भई कपोकल्पित, आधारहिन र झुठा आरोप लगाएर प्रदर्शन भएको आजपाको आरोप छ ।

‘यदि सत्तारुढ गठबन्धनले लगाएको आरोपमा थोरै पनि सत्यता छ भने यसलाई प्रमाणित गर्न आम जनता पार्टी खुल्ला चुनौती दिन चाहन्छ।’ विज्ञप्तिमा भनिएको छ, ‘‘गौर हत्याकाण्डका अपराधीहरूलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन मार्गप्रशस्त गरी सहयोग गर्न सम्बन्धित सबै पक्षहरूसँग जोडदार माग समेत गर्दछौँ ।’  





  • प्रकाशित मिति : साउन १०, २०८० बुधबार १२:५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया