logo-img

यू–१६ लिगको तेस्रो चरणको खेल तालिका सार्वजनिक

यू–१६ लिगको तेस्रो चरणको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले तालिका सार्वजनिक गरेको हो । 

संकटा, मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लबले यू–१६ लिगमा बढी उमेरका खेलाडी सहभागी भएको भन्दै ​लिग बहिष्कारको घोषणा गरेका थिए ।

तीन क्लब र एन्फाबीच मंगलबार छलफल भई सहमतिपछि तालिका सार्वजनिक गरिएको एन्फाका प्रवक्ता सुरेश शाहको भनाइ छ । 

तीनै क्लबले एन्फासँग खेलाडीको उमेर बढी भएको पाइएमा एमआरआई गर्न सहमति गरेपछि तालिका सार्वजनिक गर्ने बाटो खुलेको हो । 

ए डिभिजन लिगका १० टोली सम्मिलित यस लिगको दोस्रो चरणसम्म विवादकै कारण दुई खेल मात्रै भएको थियो । शुक्रबारदेखि लागू हुने गरी तालिका निकालिएको हो । 





  • प्रकाशित मिति : साउन १०, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया