logo-img

विश्वकप एसिया छनोट : प्रारम्भिक चरणमा नेपालले लाओससँग खेल्ने

आउँदो फिफा विश्वकपको एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओससँग खेल्ने भएको छ । बिहीबार मलेसियाको क्वालालम्पुरमा भएको प्रारम्भिक चरणको ड्रमा नेपालले लाओसलाई प्रतिद्वन्द्वी पाएको हो । 

अक्टोबरमा हुने दुई लेगको छनोटपछि नेपालको आगामी चरणको टुंगो लाग्नेछ । पहिलो लेग १२ अक्टोबर र दोस्रो लेग १७ अक्टोबर १७ मा हुनेछ । 

नेपाल रहेको समूह ‘ए’ मा अफगानिस्तान, माल्दिभ्स, सिंगापुर, म्यानमार, कम्बोडिया, चाइनिज ताइपेइ, इन्डोनेसिया, हङकङ, चाइना र यमन रहेका छन् ।



आउँदो विश्वकप सन् २०१६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्तरूपमा आयोजना हुनेछ । 





  • प्रकाशित मिति : साउन ११, २०८० बिहीबार १२:१९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया