विश्वकप फुटबलमा इंग्ल्यान्डको लगातार दोस्रो जित

इंग्ल्यान्डले फिफा महिला विश्वकप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । लगातार दोस्रो जित निकाल्नेक्रममा इंग्ल्याण्डले शुक्रबार डेनमार्कलाई १–० ले हरायो ।  

सिड्डी फुटबल स्टेडियममा भएको खेलमा इंग्ल्याण्डको जितमा पहिलो लौरेन जेम्सले निर्णायक गोल गरिन् । उनले खेलको छैटौँ मिनेटमा गोल गरेकी थिइन् । योसँगै इंग्ल्याण्डले नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।   

जितपछि समूह ‘डी’ मा इंग्ल्याण्डले २ खेलबाट ६ अंक जोडेको छ । पराजित डेनमार्क २ खेलबाट ३ अंकका साथ दोस्रो स्थानमा छ । 





  • प्रकाशित मिति : साउन १२, २०८० शुक्रबार १७:२८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया