logo-img

विश्वकपमा दक्षिण कोरियाविरुद्ध मोरक्कोको ऐतिहासिक जित

फिफा महिला विश्वकप फुटबलमा दक्षिण कोरियाविरुद्ध मोरक्कोले १–० को जित निकालेको छ । मोरक्को जितमा इबाटिस्म जराडीले हेडबाट निर्णायक गोल गरिन् ।

उनले खेलको छैटौँ मिनेटमा गोल गरेकी हुन् । समूह ‘एच’ को खेलमा कोरियालाई पराजित गरेसँगै पहिलोपटक विश्वकप खेलिरहेको मोरक्कोले पहिलो जित र पहिलो गोल गर्दै इतिहास रच्यो ।  

पहिलो खेलमा मोरक्को जर्मनीसँग ६–० गोलले पराजित भएको थियो । यता कोरियाको भने यो लगातार दोस्रो हार हो ।  







  • प्रकाशित मिति : साउन १४, २०८० आइतबार १३:२२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया