logo-img

त्रिभुवन आर्मी क्लबमाथि पुलिसको जित

नेपाल पुलिस क्लबले जारी एन्फा यु–१६ युथ फुटबल लिगमा विभागीय टोली प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबमाथि ६–१ को रवाफिलो जित निकालेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा ललितपुरस्थित च्यासल स्टेडियममा शनिबार पुलिसले विभागीय डर्बीमा रबाफिलो जित आत्मसात् गरेको हो । पुलिसको जितमा सुवास बम र नवीन ओलीले दुई गोल तथा निश्चल मगर र लक्ष्मण थामीले समान एक गोल गरे । 

खेलको १८औँ मिनेटमा नै नवीनले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । तर, ३४औँ मिनेटमा अनुभव पुरीले गोल फर्काउँदै आर्मीलाई खेलमा फर्काए । तर, दोस्रो हाफमा भने पुलिसले गोलको वर्षा गर्दै पाँच गोल गर्यो ।

५२औँ मिनेटमा लक्ष्मण थामीले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसको दुई मिनेटमा नै नवीन ओलीले पुलिसको तेस्रो गोल थपे । अन्तिम १० मिनेटमा पुलिसले तीन गोल थपेपछि रवाफिलो जित निकाल्यो । सुवासले ८१औँ मिनेट र ९०औँ मिनेटमा गोल गरेका थिए । खेलको इन्जुरी समयमा निश्चल मगरले गोल थप्दा पुलिस विभागीय टोलीमाथि पूर्ण हाबी भयो । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको अर्को खेलमा संकटा क्लबले पनि एफसी खुमलटारमाथि ५–१ को फराकिलो जित निकाल्यो । शनिबार भएको तेस्रो खेलमा एपिएफ र चर्च ब्वाइज क्लबले १–१ को बराबरीमा खेले ।

एपिएफले अग्रता जोगाउन नसक्दा चर्च ब्वाइजले एक अंक प्राप्त गरेको हो । कुल १० टोली सहभागी युथ लिग आगामी ६ महिनासम्म चल्नेछ । 



लिगमा मनाङ मस्र्याङ्दी र पुलिससहित एफसी खुमलटार, संकटा, आर्मी, एपिएफ, फ्रेण्ड्स, चर्च ब्वाइज, न्युरोड टिम र मच्छिन्द्र एफसीले प्रतिस्पर्धा गर्दै छन् । लिगका खेलहरू एन्फा कम्प्लेक्स, च्यासल स्टेडियम र नेपाल आर्मीको खेल मैदान सल्लाघारीमा भइरहेका छन् । उक्त खेलहरू शनिबार र सार्वजनिक बिदामा मात्र सञ्चालन हुनेछन् ।  



  • प्रकाशित मिति : साउन २०, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया