नेदरल्याण्ड्स महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा दक्षिण अफ्रिकालाई २–० ले हराउँदै नेदरल्याण्ड्स विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
नेदरल्याण्ड्सको जितमा जिल रुडले नवौँ तथा लिनेश बीरेन्स्टेनले ६८औँ मिनेटमा गोल गरे ।
समूह चरणको अन्तिम खेलमा इटालीलाई पराजित गरेको भए पनि दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सविरुद्ध त्यो प्रदर्शन दोहोर्याउन सकेन । नेदरल्याण्डसले अब अब स्पेनको सामना गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।