logo-img

काठमाडौंको सामाखुसी, अनामनगरलगायत क्षेत्र डुबानमा [तस्बिरहरू]

गएरातिदेखि परेको अविरल वर्षाको कारण अनामनगरस्थित धोबीखोला र सामाखुसी आसपासको क्षेत्र डुबानमा परेको छ । सोमबार रातिबाट परेको भारी वर्षाको कारण मंगलबार बिहान अनामनगर क्षेत्र डुबानमा परेको हो ।  

धोबीखोलामा पानीको सतह उच्च हुँदा वरिपरिका घरहरू पनि डुबानमा परेका छन् । यस्तै, सामाखुसी क्षेत्र पनि डुबानमा परेको छ । सामाखुसीमा विद्यालय, घरलगायतका क्षेत्र डुबानमा परेका हुन् । बागमती नदी किनारमा रहेको सुकुम्बासी वस्तीमा पनि बाढी पसेको छ । उपत्यकामा बुढानिलकण्ठ, सुन्दरीजल, नगरकोट र ती क्षेत्र आसपास भारी वर्षा मापन भएको छ ।  

काठमाडौंको सामाखुसी, अनामनगरलगायत क्षेत्र डुबानमा :





  • प्रकाशित मिति : साउन २३, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया