logo-img

यी हुन् विश्वकप फुटबलको क्वाटरफाइनलमा पुग्ने ८ टिम

महिला विश्वकप फुटबल प्रतियोगिताको नवौं संस्करणअन्तर्गत शुक्रबारदेखि क्वाटरफाइनलका खेल हुनेछन् । क्वाटरफाइनलमा स्पेन र नेदरल्यान्ड्स, जापान र स्वीडेन, अस्ट्रेलिया र फ्रान्स तथा इङ्ग्ल्यान्ड र कोलोम्बियाले प्रतिस्पर्धा गर्नेछन् ।  

शुक्रबार स्पेन र नेदरल्यान्ड्स तथा जापान र स्वीडेनबीच खेल हुनेछ । १२ अगस्टमा अस्ट्रेलिया र फ्रान्स तथा इङ्ग्ल्यान्ड र कोलोम्बियाबीच खेल हुनेछ । १५ अगस्टमा पहिलो र १६ अगस्टमा दोस्रो सेमिफाइनल हुनेछ ।  

त्यस्तै, १९ अगस्टमा तेस्रो स्थानको लागि तथा २० अगस्टमा फाइनल हुनेछ । २० जुलाईबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको थियो ।



सन् १९९१ देखि सुरु महिला विश्वकपमा सन् २०११ सम्म १६ टिम मात्र सहभागी थिए । चार वर्ष अगाडि फ्रान्समा भएको प्रतियोगितामा टिमको संख्या २४ पुगेको थियो । अस्ट्रेलिया र न्युजिल्याण्डका विभिन्न १२ वटा शहरमा खेलाइने महिला विश्वकपको नवौं संस्करणमा पुरस्कार राशि पनि वृद्धि गरिएको छ ।  

झन्डै ५ करोड डलर बराबरको पुरस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पुर्याइएको छ । महिला विश्वकपको पहिलो संस्करण सन् १९९१ को नोभेम्बर १६ देखि ३० सम्म चीन, दोस्रो १९९५ जुन ५ देखि १८ सम्म स्वीडेन, तेस्रो १९९९ जुन १९ देखि जुलाई १० सम्म अमेरिका, चौथो २००३ सेप्टेम्बर २० देखि अक्टोबर १२ सम्म अमेरिकामा भएको थियो । 

त्यस्तै, पाँचौं संस्करण सन् २००७ सेप्टेम्बर १० देखि ३० सम्म चीन, छैटौँ २०११ जुन २६ देखि जुलाई १७ सम्म जर्मनी, सातौं २०१५ जुन ६ देखि जुलाई ५ सम्म क्यानडा र आठौं २०१९ जुन ७ देखि जुलाई ७ सम्म फ्रान्समा भएको थियो ।   





  • प्रकाशित मिति : साउन २५, २०८० बिहीबार ९:३०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया