logo-img

नेयमार अल हिलाल जाने, दुई वर्षको सम्झौता

प्रो लिग क्लब अल हिलालसँग दुई वर्षको सम्झौता गर्दै ब्राजिलियन स्टार नेयमार साउदी गएका छन् । यसअघि फ्रेन्च क्लब पिएसजीबाट खेल्दै आएका नेयमारले अल हिलालसँग सम्झौता गरेका हुन् । 

अब नेयमार २०२५ को जुन ३० सम्म अल हिलालसँग आवद्ध रहने भएका छन् । नेयमारलाई साउदी प्रो लिग क्लब अल-हिलालले ९० मिलियन युरो दिने सम्झौता भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

३१ वर्षीय नेइमारको अब मेडिकल र आवश्यक कागजी प्रक्रिया पूरा गर्न बाँकी रहेको छ । उनी २०१७ मा विश्वकीर्तिमानी शुल्क २२२ मिलियन युरोमा पिएसजीमा आवद्ध भएका थिए । 

नेयमारले हाल पीएसजीमा वार्षिक रुपमा २.५ करोड युरो कमाई गरिरहेको बताइएको छ । उनले पीएसजीका लागि १७३ खेल खेल्दै क्लबलाई १३ वटा उपाधि दिलाउन सहयोग गरेका थिए । जसमा ५ लिग वानको उपाधि सामेल छ । 

उनले सन् २०२० मा टोलीलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्‍याए पनि चोटका कारण उनले क्लबमा शत प्रतिशत दिन सकेका थिएनन् । 





  • प्रकाशित मिति : साउन २९, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया