logo-img

महिला विश्वकप फुटबल : सेमिफाइनल पुगेका चार टोली कस्ता ?

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करणअन्तर्गत आजदेखि सेमिफाइनलका खेल हुँदै छन् । पहिलो सेमिफाइनलमा स्पेन र स्वीडेन तथा दोस्रो सेमिफाइनलमा इंग्ल्याण्ड र अस्ट्रेलियाले प्रतिस्पर्धा गर्ने तालिका छ ।  

स्वीडेन र स्पेनबीचको खेल मंगलबार दिउँसो १ः४५ तथा इंग्ल्याण्ड र अस्ट्रेलियाबीचको सेमिफाइनल भोलि अपरान्ह ३ः४५ देखि सुरु हुनेछ । १९ अगस्टमा तेस्रो स्थानको लागि तथा २० अगस्टमा फाइनल खेल हुनेछ ।  



सेमिफाइनल पुग्ने चार टिम कस्ता ?

स्वीडेनको अहिलेको टिमलाई महिला फुटबल इतिहासमै यो देशको स्वर्णिम पुस्ताका खेलाडी भन्ने गरिन्छ । तर उसले अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरमा जितेर त्यसलाई प्रमाणित गर्न सकेको छैन । दुई वर्षअगाडि टोकियोमा भएको ओलम्पिकमा स्वीडेन स्वर्ण पदकको नजिक पुगेको थियो  तर फाइनलमा क्यानडासँग पराजित भयो । 



विश्वकपकमा भने २००३ मा उपविजेता बन्नु स्वीडेनको ठूलो उपलब्धि हो । उसले तीनपटक तेस्रो स्थानमा विश्वकप सकाएको छ । त्यस्तै, २०१९ को उपविजेता नेदरल्याण्ड्सलाई क्वाटरफाइनलमा अतिरिक्त समयमा २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनल पुग्ने पहिलो टिम हो । 

विश्व वरियतामा सातौं स्थानमा रहेको स्पेन यसअघि क्वाटरफाइनलबाट अघि बढ्न सकेको थिएन । त्यसमा पनि स्पेन र स्वीडेन अहिलेसम्म विश्वकपमा भेट भएको थिएन । स्पेन सुरुको ६ विश्वकपमा छनोट नै भएको थिएन । 



अस्ट्रेलिया मटिलडासको उपनामबाट चिनिने अस्ट्रेलियाको सेमिफाइनल यात्रा निकै तनावपूर्ण रह्यो । ब्रिसबेनमा सोल्ड आउट क्राउडको अगाडि अस्ट्रेलियाले फ्रान्सलाई सडनडेथमा हरायो । खेलको विजेता निर्णय हुन २० पेनाल्टी प्रहार गर्नुपरेको थियो । यो खेल महिला विश्वकप इतिहासमै सबैभन्दा लामो रह्यो ।

अस्ट्रेलिया गोलकिपर माकेन्जी आर्नोल्डका लागि सुटआउट उतारचढावपूर्ण रह्यो । फिफा वरियतामा १२औँ स्थानमा रहेको अस्ट्रेलिया सेमिफाइनल खेल्नेमध्ये सबैभन्दा तल्लो वरियताको टिम हो । 

गत वर्ष युरोपियन च्याम्पियनसिपको उपाधि जितेको इंग्ल्याण्ड विश्वकप उपाधि थप्ने योजनामा छ । प्रशिक्षक सरिना विघमनलाई राम्रोसँग थाहा छ कि टिमले सेमिफाइनलमा घरेलु टोली अस्ट्रेलियासँग खेल्दैछ । 

अन्तिम १६ को खेलमा रातो कार्ड पाएकी इंग्लिस स्टार लाउरेन जेम्सले दुई खेलको निलम्बनका कारण अस्ट्रेलियाविरुद्धको खेल पनि गुमाउनेछिन् । 

  • प्रकाशित मिति : साउन ३०, २०८० मंगलबार १३:३८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया