logo-img

अध्यक्ष तिमिल्सिनासँग थाई नेपाली संघका पदाधिकारीको भेट

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग थाई नेपाली संघ थाइल्याण्डका पदाधिकारीले गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह गरेका छन् । 

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा थाइल्याण्डमा बसोबास गर्ने नेपालीभाषी थाई नागरिकलाई गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहल गरिदिन आग्रह गरेको अध्यक्षको सचिवालयले जनाएको छ ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले थाइल्याण्डमा बसोबास गरिरहेका नेपाली मूलका नागरिकका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आवश्वासन दिए । अहिले थाइल्याण्डमा बसोबास गर्ने नेपालीहरु दोस्रो विश्व युद्धताका म्यान्मार हुँदै थाइल्याण्ड पुगेका नेपालीका चौथो पुस्ता हुन् । 
    
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले उपलब्ध गराउने परिचयपत्र पाउन समेत थाइल्याण्डमा बसोवास गरेका नागरिकलाई कठिन भएको छ । 

परिचयपत्र नहुँदा नेपालमा आवतजावत गर्न भिसा र अन्य सुविधाबाट वञ्चित हुनुपरेको तथा नेपाली मौलिक संस्कार र संस्कृतिको बोध गराउनका लागि पनि परिचयपत्र आवश्यक भएको नेपाली संघ थाइल्याण्डकी अध्यक्ष वासाना राईले बताइन् । 

थाइल्याण्डमा झण्डै एक लाखको संख्यामा नेपालीभाषी रहेको अनुमान छ ।





  • प्रकाशित मिति : साउन ३०, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया